नेपालको सामाजिक अबस्था, परम्परा ,मुल्यमान्यताहरु,धर्म संस्कृति , जातजाति , भाषाभाषी , कला , साहित्य ,संगित, सांस्कृतिक सम्पदा
💍राज्य, भूमिपति र सरकारी कर्मचारीले पारिश्रमिक नदिइ श्रम लिने प्रथालाइ झारा प्रथा भनिन्छ ।
💍राजबंशी जातीमा डंगुवा प्रथा प्रचलित छ ।
💍सती प्रथा लोग्नेको चितामा ज्युदै जल्ने कुप्रथाको अनत्य चन्द्र समसेरले बि,सं १९७७ मा गरेका हुन् ।
💍खुला प्रथा डोल्पा जिल्लामा प्रचलित छ ।
💍बर्णाश्रम ब्यबस्था अनुसार मानिसको उमेरलाइ चार भाग( ब्रम्हचार्य25 , गृहस्थाश्रम 25-50; बानप्रस्थान 50-75; सन्याश्रम 75-100) मा बिभाजन गरिएको छ, हिन्दु धर्मानुसार जातलाइ पनि ( ब्राह्मण ,क्षेत्री, वैश्य, शुद्र) गरि चार भागमा वर्गीकरण गरिएको छ ।
💍सबै जातको साझा फुलबारी नेपाललाइ मान्ने नेपाल एकीकरण कर्ता पृथ्वीनारायण शाहले सम्यक पुजाको सुरु गरेका हुन ।
💍पुस्करिणी र सिद्धार्थ पोखरी लुम्बिनिमा पर्दछ ।
💍नेबार समुदायको बेलसंग गरिने बिबाहलाइ इहि भनिन्छ ।
💍समुन्द्र मन्थन गर्दा निस्केको बिष कालकुट हो भने मणि कौस्तुप मणि हो ।
💍आयुर्वेदका प्रवर्तक धनवन्तरी ,योगशास्त्रका परवर्तक पतन्जली,न्याय शास्त्रका गौतम ऋषि ,बेदका ब्यास ऋषि ,बैशिषिक शास्त्रका कर्णाद हुन्।
💍अर्जुनका छोरा अभिमन्यु, नाति परिक्षित हुन् भने भीमका नाति पर्वरिक हुन् ।
💍शिवलाइ तृपुरारी, कृष्णलाई मुरारी भनिन्छ भने रामलाई खरारी भनिन्छ ।
💍पुराणमा आयोनिज नारी सीता र द्रौपदी हुन् ।
💍कौरबका कुल गुरु कृपाचार्य हुन् , मामा शकुनि हुन् भने सकुनीका छोराको नाम उलुक हो ।
💍राम बनवास बसेको ठाउँ पन्चवटी हो, नागहरुका देवता बासुकी नाग हुन्,महाभारत भिष्मपर्व अन्तर्गत पर्दछ ।
💍रामका बाबू दशरथ, दशरथका बाबू अज, अजका बाबु रघु हुन भने रघुका बाबू दिलिप हुन् ।
💍बर्षा र दयाका देवता मच्छिन्द्रनाथ हुन, भगवान शिवलाइ आशुतोष भनेर पनि चिनिन्छ ।
💍सबैभन्दा पुरानो बेद ऋग्बेद हो, संगीतको उत्पती सामबेद बाट भएको हो ।
💍नेपालका चारधाम भन्नाले बराह,मुक्ती,रुरु र हरिहरलाइ बुझाउँछ, हिन्दुका चारधाम भन्नाले जगन्नाथपुरी, द्वारीकानाथ, बद्रीनाथ र रामेश्वरम् लाई बुझाउँछ ।
💍अज्ञातबासमा रहँदा युधिष्टीरको नाम कंक, भीमको बल्लभ , अर्जुनको बृहन्नला र सहदेवको तन्तृपाल थियो ।
::::: क्रमश © लोकसेवा तयारी विथ क्षितिज
0 Comments