Random Posts

header ads

धर्मसस्कृती सम्बन्धी जानकारी

क्रमशः धर्मसंस्कृति---------
💌 अद्वैत दर्शनका व्याख्याता संकराचार्य हुन्।
💌 रामकी बहिनी शान्ती हुन्, भने राबणकी बहिनी सुपर्णखा हुन् ।
💌 आर्क पक्ष र कुमारतन्त्र राबणले लेखेका पुस्तक हुन् ।
💌ऋग्बेदमा बढी बर्णन गरिएको नदी सरस्वती हो ।
💌महाभारतमा हलधर भनेर बलराम लाई चिनिन्छ ।
💌 देउती बज्यै सुर्खेत, शैलेस्वरी डोटीमा पर्दछ ।
💌चमार जातको महिलालाइ चैमन भनिन्छ ।
💌 साठी बर्ष पुग्दा मनाइने जयन्ती हिरक जयन्ती हो ।
💌 किसान जातीको पुरोहितलाई बैगा भनिन्छ ।
💌 अर्जुनको धनु गाण्डिब, शिबको पिनाक,बिष्णुको
💌सारङग, तथा कर्णको धनु बिजय हो ।
💌अर्जुनको शंख देबदत्त,कृष्णको पान्चजन्य तथा युधिष्टीरको शंख अनन्त बिजय हो ।
💌 लिम्बुको पुरोहित फेदाङ्वा,साम्बा,तामाङ्को लामा,बोपो,राइको ङोपा,गुरुङको घ्याब्रे ब्राह्मण , नेवारको गुभाजु देउबाजु, थारुको भभररा, गुरुवा, सुनुवारको नासो तथा जिरेलको पुरोहित नाक्सो हो ।
💌महादेवको बहान सांढे,कुमारको मयुर,अग्नीको बोको,बिष्णुको गरुड,बायुको मृग,गणेशको मुसा, यमुनाको कछुवा, पार्वतीको बिरालो, गंगाको गोही, सरस्वतीको हाँस,दुर्गाको सिंह,सनीको बहान गिध्द हो ।
💌झाम्रे ,सोरठी,रोदी,ट्प्पा गुरुङ मगरका साझा नाच हुन्, त्यस्तै कौरा, मारुनी र पाङ्दुरे मगर बिशेष नाच हुन् , पुट्पुटे नाच गुरुङ सँग सम्बन्धित छ ।
💌थारु जातीका मुख्य नाचहरुमा झुमरा,झाम्टा,लट्ठी,बाह्र्मासे,जट्जटीना, कटेहर, तरबार जस्ता नाचहरु पर्दछ्न ।
💌नेवार जातीमा लाखे ,तयमचा,वसन्त जस्ता नाचहरु पर्दछ्न् ।
💌 स्याब्रु नाच भोटे ,शेर्पा,लोवा,तामाङ आदि जातीले नाच्ने गर्छ्न् ।
© आशुतोष नारायण अर्याल क्षितिज
........ क्रमशः .........

Post a Comment

0 Comments