Random Posts

header ads

सार्वजनिक निर्णय निर्माण,यसका चरणहरु, समस्याहरु र समाधानका उपायहरु

 

निर्णय निर्माण

संगठनको उद्देश्य हासिल गर्ने क्रममा कुनै काम गर्न वा नगर्न गरिने अठोट हो निर्णय प्रक्रिया । यसलाई past problem, present choice, Future implementation को रुपमा पनि बुझ्न सकिन्छ ।यो विषयवस्तुको पहिचान गर्ने, विकल्पहरुको उपयुक्तता परीक्षण गर्ने,कार्यान्वयनको लागि उपयुक्त विकल्प छनोट गर्ने र कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने,वातावरण तयार पार्ने समष्टिगत रुप नै निर्णय हो । यो अधिकारप्राप्त अधिकारीले कानूनले दिएको अधिकारको प्रयोग गरीफ कुनै विषय वा सवालका विषयमा लिखित रुपमा दिने अन्तिम आदेश नै निर्णय हो ।

निर्णय निर्माणका चरणहरु

·         समस्या वा विषयको पहिचान गर्नेः यसमा सूचना संकलन गर्ने,प्राप्ति र विश्लेषण गर्ने र समस्याको ठोस कुरा पहिचान गर्ने ।

·         विकल्पको विकास गर्नेः सम्भाव्य विकल्पको लागि छलफल गर्ने,अभ्यास गर्ने र सहि विकल्पको तयार गर्ने ।

·         विकल्पहरुको मुल्याङ्कनः cost benefit analysis लगायत विभिन्न तरिकाले विकल्पको मुल्याङ्कन गर्ने।

·         उपयुक्त विकल्पको छनोटः नाफा,फाइदा,उपलब्धि,औचित्य परीक्षण भएको विकल्प छनोट गर्ने ।

·         कार्यान्वयनः कार्यान्वयनको वातावरण तयार गर्ने,अनुगमन  गर्ने ।

·         मुल्याङ्कन गर्नेः अनुपोषण प्राप्त गर्ने,Impact, Economy, Efficiency, Effectiveness sustainability मुल्याङ्कन गरी स्पस्ट हुने ।

 

निर्णय निर्माणका बाधाहरु

निर्णय निर्माणमा विभिन्न तत्वहरुले वाधा सिर्जना गरेका हुन्छन् जसको कारण निर्णय निर्माण तथा कार्यान्वयनमा समस्या देखा पर्दछ जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः

·         Ecological factors: आर्थिक,सामाजिक, राजनीतिक, साँस्कृतिक,धार्मिक, भौगोलिक परिवेश तथा अन्तराष्ट्रिय घटनाक्रम एवंम् परिवेश, दबाब समुह,media, donors आदि ।

·         स्रोतसाधानः यसमा वित्तीय, मानवीय, प्राविधिक,भौतिक, सूचना, तथ्याङ्क आदि पर्दछन् ।

·         निर्णयकर्ताः यसमा निर्णयकर्ताको भूमिका, सोच, व्यवहार,धारणा, मूल्यमान्यता आदिबाट निर्णय निर्माणमा बाधा पुग्न सक्छ ।

·         कतिपय कानूनी उल्झनले पनि निर्णय निर्माणमा बाधा पुगेको हुन्छ ।

·         सूचनाको अभाव,

·         राजनीतिक परिवेश, जनदबाब, चेतनाको स्तर आदि ।

·         संगठनभित्रका कर्मचारीहरुबीचको सम्बन्ध।

·         आर्थिक तथा स्रोतसाधानगत सिमितता ।

 

निर्णय निर्माणमा हुने अवरोध तथा समस्यालाई कसरी व्यवस्थापन गर्ने?

निर्णय निर्माण गरेर मात्र हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन नभएमा त्यो कागजी बन्दछ र संगठन संचालन र व्यवस्थापनमा विभिन्न समस्याहरु देखा पर्न थाल्दछ । निर्णय निर्माणमा हुने अवरोध व्यवस्थापन गर्न निम्न उपायहरु अपनाउन सकिन्छः

·         संगठनात्मक मूल्यहरुको कदर गर्ने,

·         Meeting,छलफल र अन्तर्क्रियाका कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्ने,

·         Participatory decision making प्रणाली अवलम्बन गर्ने,

·         Rational decision makingगर्ने,

·         निर्णय कार्यान्वयन संयन्त्र, अनुगमन तथा मूल्याङ्कन प्रभावकारी बनाउने

·         निर्णयहरु बढी बैज्ञानिक बनाउने,तहक्रम,समय,ICT, MIS को प्रयोग गर्ने,

·         उपयुक्त वातावरण निर्माण गर्ने, निर्णय कार्यान्वयन अधिकारको सिमांङ्कन गर्ने आदि ।

उपसंहार

निर्णय निर्माण प्रक्रिया संगठनको लक्ष्य प्राप्तिको लागि गरिने महत्वपूर्ण कार्य हो । नेपालको सार्वजनिक प्रसासनमा निर्णय निर्माणमा ढिलाई हुने,सहभागितामूलक नहुने र हतारमा निर्णय गर्ने प्रचलन व्याप्त छ जसले गर्दा संगठनको लक्ष्य प्राप्ति तथा प्रतिफलमा समस्या आएको छ । निर्णय निर्माण गर्दा कानूनी र नीतिगत पक्षहरु विचार गरी जनसहभागितमूलक पद्दति अबलम्बन गरी तत्कालीन र दिर्घकालीन फाइदा, लाभ लागत विश्लेषण गरेर निर्माण गरेमा कार्यान्वयनयोग्य निर्णय अवश्य बन्नेछ ।

सन्दर्भसामाग्री

   Dhundiprasad Niraula, शासन सञ्चालनका नवीनतम मान्यताहरु, sopan publication, Kathmandu

Post a Comment

0 Comments